कर्णाली सरकारको नीति तथा कार्यक्रम:‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख तिलक परियारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममा मेक इन कर्णालीदेखि रङ्गशाला निर्माणसम्म समेटिएको छ ।

नीति तथा कार्यक्रममा विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवालाई सिप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यममार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने नीति समेटिएको छ ।

यस्तै, कर्णालीको जडिबुटीजन्य बस्तुको उत्पादनमा आन्तरिक र बाह्य पुँजी र प्रविधि भित्राउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिने, कृषकहरूका लागि ‘कृषी प्राविधिक स्वरोजगार कार्यक्रम’को व्यवस्थापन गर्ने नीति सरकारले लिएको हो ।

‘जडीबुटीजन्य वस्तुको उत्पादनमा आन्तरिक तथा बाह्य क्षेत्रको पुँजी र प्रविधि भित्र्याउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।’

नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने ‘मूल्यवान्’ लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ्ग, लेबलिङ्ग तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गरिनेछ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।