इटालीलाई हराउँदै अर्जेटिनाले जित्यो उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इटालीलाई हराउँदै अर्जेटिनाले फाइनलिसीको उपाधि जितेको छ।

गयराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० ले पराजित गरेको हो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई मार्टिनेजले खेलको २८ मिनेटमै अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डि मारियाले अर्को गोल गरे। दोस्रो हाफको इन्जुरी समयमै अर्जेटिनाका डिबालाले गोल गरे।

यो खेल २९ वर्षपछि भएको हो। यसअघि १९९३ मा भएको डेनमार्कसँगको खेलमा अर्जेटिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।