कुटपिट गर्दै श्रीमतीको पाठेघर निकालेका व्यक्ति पक्राउ, घाइतेको उपचार जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर कुटपिट गर्दै पाठेघर निकालेको घटना बाहिरिएको छ ।

खैरहनी नगरपालिका-१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साँझ कुटपिट गर्दै श्रीमतीको यौनाङ्गमा हात हालेर पाठेघर निकालेका प्रहरीले जनाएकाे छ । 

स्थानीयवासीले बिहीबार राति ८ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुग्दा पीडित गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई भरतपुर अस्पताल लगिएकाे थियाे । 

इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माका अनुसार कुटपिट गर्ने माझीलाई हिजै नियन्त्रणमा लिइएको छ । चितवन प्रहरीका सूचना अधिकृत डीएसपी नरहरी अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको र मुद्दा दर्ता गर्ने तयारी गरिएकाे बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।