काश्मिरकी टिकटक स्टार अम्रिन भाटको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, कश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।

टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । 

लश्कर–ए–तैइबा ९एलईटी० मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अम्रिन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।