साैन्दर्य प्रतियाेगिता सञ्चालक पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप लागेकाे छ।

शनिबार पक्राउ परेका पाण्डेले आफूलाई पनि याैन दुर्व्यवहार गरेकाे भन्दै अर्की एक युवतीले सामाजिक सञ्जालमा पाेष्ट गरेकी छिन।

युवतीले प्रहरीमा जाहेरी नदिएपनि घटनाले हदम्याद ननाघेकाे काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए।

‘युवतीले सामाजिक सञ्जालमा पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार गरेकाे भनेर लेखेपछि हामीले युवतीलाई भेटेर कुराकानी गरेका छौँ, तर युवतीले जाहेरी भने दिइसक्नु भएको छैन।’ उनले भने।

पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले प्रहरीलाई बताएकी छन।

प्रहरीले शनिबार नै पाण्डेलाई याैन दुर्व्यवहारकाे आराेपमा अनुसन्धानकाे लागि पक्राउ गरिसकेकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।