गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।

गृह मन्त्रालयमा भएको भेटमा उनीहरुले दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी गरेका थिए। 

भेटमा गृहमन्त्री खाणले स्थानीय  तहको निर्वाचन  सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए। चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। 

भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताए।

उनले काठमाडौंबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।