नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  

गाँउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तवहादुर तामाङ ३ हजार ७५९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजेन्द्र रिजालले दुइ  हजार ८८९ मत प्राप्त ल्याए। त्यस्तै नेकपा एकीकृत समाजवादीका धुब्र अधिकारीले २१७४ मत पाएका थिए ।

यसैगरी अध्यक्षमै राप्रपाका मंगलबहादुर तामाङले १०८, स्वतन्त्र उम्मेदवार रामशरण गिरीले ५० मत र मंगोल नेशनल अर्गनाइजेशनका सुरेन्द्र तामाङले ३४ मत पा्रपत गरेका थिए ।

एमालेका रिजाललाई ८७० मतान्तरले कांग्रेसका तामाङले चुनाव जितेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।