तारकेश्वर नगरपालिकाको मेयरमा महर्जन र उपमेयरमा बुर्लाकोटी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काँग्रेस बिजयी भएको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयरमा विजयी भएका हुन् ।

महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए।

​बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित एमालेकी भवानी डोटेललाई हराएकी हुन् । डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्। यसअघि काँग्रेसले दक्षिणकाली र कीर्तिपुर नगरपालिका जितिसकेको छ ।
२०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो भने यसपटक कांग्रेसले जित हात पारेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।