५२ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा,कसले कति पालिका जिते?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तहको मतपरिणाम आउने क्रम जारी रहेको छ। स्थानीय पालिकामा नेपाली कांग्रेसले लिड गरिरहेको छ। आज अपराह्न साढे दुई बजेसम्ममा कांग्रेसले ५२ स्थानीय तहमा जित हासिल गरेको छ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेले ४७ पालिकामा जित हासिल गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले २७ ठाउँमा जितेको छ। नेकपा एकीकृत समाजवादी दुई र अन्यले चार ठाउँमा जित हात पारेका छन्।

यस्तै कांग्रेसले पालिका प्रमुखमा २४८ ठाउँमा अग्रता लिएको छ। एमालेले १४२, माओवादी केन्द्रले ९१, अन्यले २३, नेकपा एकीकृत समाजवादीले १८, जनता समाजवादीले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १२ ठाउँमा अग्रता कायम राखेका छन्।

यस्तै उपप्रमुखमा कांग्रेसले ५७ पालिकामा जित्दै २१२ पालिकामा अग्रता लिएको छ। एमालेले ४१ पालिकामा जित्दै १६९ पालिकामा अग्रता कायम गरेको छ।

उता माओवादी केन्द्रले २० पालिकामा उपप्रमुख जित्दै १०९ स्थानमा जित हासिल गरेको छ। एकीकृत समाजवादीले ६ उपप्रमुख जित्दै १७ अग्रता लिएको छ। अन्यले ४ उपप्रमुखमा जित हासिल गरेका छन्। र, १७ स्थानमा लिड गरिरहेका छन्। जनता समाजवादी पार्टी नेपालले २ उपप्रमुखमा जित्दै २७ मा अग्रता लिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ९ स्थानीय तहमा उपप्रमुखमा अग्रता लिइरहेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।