उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु, एक बालक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउँदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो ।

मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद हुँदा गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जानकारी दिए । उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ ।

गोली लागेर कटारी नगरपालिका– १० सोरुङ छबिसेका  स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको ज्यान गएको हो । त्यसैगरी घरमा बसि रहेको १३ वर्षिय बालक मोहन श्रेष्ठको घुँडामा गोली लागि घाइते भएका छन् ।

    

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।