नारायण घिमिरेसहित एमालेबाट विदुरको मेयरमा १० र उपमेयरमा १३ जना आकांक्षी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरूका चुनावी गतिविधि तीव्र भएका छन् । उम्मेदवारका आकांक्षीको दौडधुप बढेको छ । नुवाकोटको विदुर नगरपालिकामा पनि मेयरका दाबेदार खुलेर आउन थालेका छन् । 

कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलगायत दलमा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । नेकपा एमालेबाट विदुर नगरपालिकाको मेयरमा १० जना र उपमेयरमा १३ जना आकांक्षी देखिएका छन ।

मंगलवार भएको नेकपा एमाले विदुर नगर कमिटीको विस्तारित बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा १० जना र उपमेयरम १३ जना पुगेका हुन ।

केन्द्रीय कमिटीका सदस्य तथा नुवाकोट जिल्ला ईन्चार्ज विन्दा ढुङ्गानाको प्रमुख आतिथ्यता र नगर कमिटीको अध्यक्ष नविन प्रधानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन नसकेको हो ।

विदुर नगरपालिकाको मेयरमा नगरपालिकाका अहिलेका मेयर सन्जु पण्डित,रामकृष्ण खड्का, गणेश कुमार श्रेष्ठ, नारायण घिमिरे, रामहरि अधिकारी, शिवकुमार चित्रकार, अनुजकुमार श्रेष्ठ, ठाकुरप्रसाद गजुरेल, बुद्धिबहादुर प्रधान र देवचन्द्र भट्टले आकांक्षा राखेका छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।