परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै, यस्तो छ कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको एक महिनाभित्रै परराष्ट्रमन्त्री खड्का पनि भारत भ्रमणमा जान लागेका हुन्।

खड्को भारत भ्रमण औपचारिक भने होइन। उनी अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न त्यसतर्फ जाने भएका हुन्।

परराष्ट्रमन्त्री खड्का ११ वैशाखमा भारत जाने गरी परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ। 

भारतको चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजना हुने रायसिना डायलग नामक बहस शृंखलामा सहभागी हुन मन्त्री खड्का भारत जाने छन्। 

खड्कालाई तीन साताअघि भारतीय विदेश मन्त्रालयका तर्फबाट रायसिना डायलगमा सहभागी हुने निमन्त्रणा आइसकेको छ। रायसिना डायलग वैशाख १२ देखि १४ सम्म नयाँदिल्लीमा आयोजना हुँदै छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।