बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ । 

लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो । 

घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्।  अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्।

घिमिरेको प्यालनमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुनव्यवसायीहरु थिए । 

घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकबाट राजीनामा दिएर बारमा चुनाव लडेका  थिए । 

अधिकारीको प्यानलमा एमालेसहित राप्रपा र अन्य राजनीतिक दल निकट कानुन व्यवसायीहरु आवद्ध थिए ।

उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्री विजयी भएका हुन्। खत्रीले ४ हजार ४ सय २९ मत ल्याएका छन्।

कोषाध्यक्षमा भरत बहादुर राउतले ४ हजार ३६ मत ल्याएर विजय भएका हुन्।

महासचिव पदमा भने अन्जिता खनाल विजयी भएकी छिन्। उनले ३ हजार ६८२ मत प्राप्त गरेकी हुन्।

बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।