गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी) र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिलेन्द्र प्रसाद बडूलाई नियुक्त गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दी र बडूलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

यसअघि नेपाली कांग्रेसका नेता बडू देउवा क्याबिनेटमा कानुनमन्त्री थिए। देउवाले बडूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन्।

आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए।

तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नियुक्त भएको केही दिनमा नै राजीनामा दिएका थिए। हमाल पनि गैर सांसद थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।