काठमाडौं । त्रिदेशीय सिरिजमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टी–२० सिरिजको उपाधि जितेको छ।
पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको लागि खतरनाक देखिएका सेसे बाउको विकेट करण केसीले लिएसँगै नेपाल उपाधिनजिक पुगेको थियाे ।
एकै ओभरमा करणले ३८ बलमा ५९ रन बनाएर खेलेका बाउ र काउबा मोरेको विकेट लिएपछि नेपाल उपाधिनजिक पुगेको थियाे ।
खेलमा दीपेन्द्रसिंह ऐरीले १८ रन दिएर ४ विकेट लिए ।

Comment