एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल चुनावी तालमेल र सहकार्य नहुने प्रतिक्रिया दिएका छन् ।स्थानीय तह चुनावको तयारी कार्यकर्ता प्रशिक्षणका लागि प्रदेश १ मा पुगेका उनले केपी गुटको अहंकार र दम्भको कारण सहकार्य सम्भव नभएको बताए ।

‘चुनावी तालमेल र सहकार्यका लागि म र नारायणकाजीलगायतले यसबीचमा प्रयास नगरेको होइन,’ उनले भने, ‘ओली र उनका गुटका नेताहरूको अहंकार, दम्भ र नकारात्मक सोचग्रस्त भएकाले तत्काल सहकार्य सम्भव छैन ।’

एमालेले १४ जना सांसदको बर्खास्तीको माग राख्दै संसद् अवरोध गर्नु कूतर्कबाहेक केही नभएको टिप्पणी गरेका छन् । अदालतमा विचाराधीन मुद्दामा एमालेले बखेडा झिक्न आवश्यक नभएको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।