भक्तपुर अस्पतालमा बच्चाको आइसियु सञ्चालनमा आएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर अर्यालले बच्चाको आइसियु सञ्चालनमा नै नआएको दाबी गरेका छन् ।

आज सम्प्रेषण भएको एक समाचारबारे प्रतिक्रिया दिँदै उनले माघ २६ गते पदमुक्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले हतारिएर रिबन काटेर गरेको उद्घाटनका आधारमा बच्चाको आइसियु खुल्यो भन्न नमिल्ने दाबी गरेका हुन् ।

गत फागुन १ गते भक्तपुर अस्पताल स्थापना भएको ११९ वर्षपछि पहिलो पटक बच्चाको आइसियु अध्यक्ष मिलन सुवालले उद्घाटन गरेका थिए । उक्त आइसियु हालसम्म पनि सञ्चालनमा नल्याइएको समाचार आज राससबाट सम्प्रेषण भएको थियो ।

यसै विषयमा आज अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आइसियुलाई चाहिने अक्सिजन प्लान्ट पनि जडान नगरी लथालिङ्ग पारिएको छ, एनआइसियुका लागि १० वटा श्यया कोठामा छाडिएको छ, बालरोग विशेषज्ञसँग सोध्दा त्यस ठाउँमा सात श्यया मात्रै राख्न मिल्छ भनिएको छ, रेक्ट्रोफिटिङ गर्न तयारी गरेको भवनमा एनआइसियु सञ्चालनार्थ उद्घाटन गरिएको रहेछ, रिबन काटेका भरमा एनआइसियु सुरु भयो भन्न मिल्दैन,” डा. अर्यालले भने ।

उनले अबको १० दिनपछि मात्रै बच्चाको आइसियु सञ्चालनमा ल्याउन सकिने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।