युक्रेनबाट लगभग सबै नेपालीको उद्धार गरियो : राजदूत खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूको उद्धार कार्य लगभग सकिएको जर्मनका लागि नेपाली राजदूतावासले जनाएको छ। युक्रेनबाट मंगलबार ६ नेपाली पोल्यान्ड पुगेसँगै अब स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको दूतावासको अनुमान छ।

पछिल्लो तथ्यांक  अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका छन्। हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताए।

उनले तीन नेपालीको भारतीय उडानमार्फत उद्धार गरिएको बताएका छन्। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन्। 

करिब ३८ जनाको परिवार व्यवसायसहित स्थायी रुपमै युक्रेनमा बसोबास गर्दै आएकोले पारिवारिक, कानुनी र व्यवहारिक कारणले नेपाल आउन नसकेको उनले बताए। सबै नेपालीको उद्धार कार्य सकिएकाले अब उनीहरूलाई नेपाल फर्काउन बाँकी रहेको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।