घृणाको राजनीति गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : कांग्रेस महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन।

महामन्त्री थापाले जनकपुरधाममा आज जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गर्दै कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन आफूहरू लागेको बताए। महामन्त्री थापाले  कांग्रेसको सदस्यताको घेरा फराकिलो पारिने बताउँदै उनले भने, ‘कांग्रेसलाई आमजनताको पार्टी बनाउने एजेण्डा लिएर नै मैले मत पाएर कार्यकारी पदमा पुगेको हुँदा पार्टीको सदस्यताको घेरालाई फराकिलो पार्दै पार्टी सञ्चालन गर्ने पक्षमा रहेको छु।’

उनले निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्न पार्टीको मतको आधारमा राज्यले नै रकम उपलब्ध गराए निर्वाचनलाई मर्यादित बनाउनमा मद्दत पुग्ने भएकाले निर्वाचन खर्च प्रणालीको व्यवस्थामा सुधार हुनुपर्ने धारणा राखे। महामन्त्री थापाले अहिलेको राजनीतिमा परिवर्तन गर्नका लागि युवाको हातमा देशको नेतृत्व जान आवश्यक भएको बताउँदै हरेक परिवर्तनमा युवाको अग्रणी भूमिका हुने भएकाले राष्ट्र निर्माणको अभिभारा युवालाई नै दिनुपर्ने धाराणा व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।