कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी।  नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव चयन भएका छन्। सभापतिका अर्का उम्मेदवार सुशील यादवले समर्थन गरेपछि उनी सभापति बनेका हुन्। नागेश्वर र शुशील दुवै सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

शुक्रबार राति सकिएको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज (शनिबार) दोस्रो चरणको मतदान गर्ने भनिएको थियो। तर सुशीलले दोस्रो चरणको चुनाव नजाने भन्दै नागेश्वरलाई सभापतिमा स्वीकार गरेका हुन्।  

पहिलो चरणको मत मरिणाममा नागेश्वरले १०११ मत ल्याउँदा शुशीलले ७७९ मत पाए। त्यस्तै तेस्रो स्थानमा बजरंग नेपालीले ३०६ मत ल्याए। पहिलो चरणमा ५१ प्रतिशत पुर्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत ल्याउनेका बीचमा पुनः मतदान गर्ने कांग्रेसको विधानले व्यवस्था गरेको छ। 

महोत्तरी सभापतिका लागि शुक्रबार पहिलो चरणको मतदान भएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।