कर्मचारी सरुवा र पदस्थापन गर्न चैत १५ सम्म सरकारलाई आयोगको अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई कर्मचारी सरुवा तथा पदस्थापन गर्नका लागि आउँदो चैत १५ सम्मका लागि अल्टिमेटम दिएको छ ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई चैत १५ अघि नै गर्न निर्देशन दिएको हो ।

आयोगको सोमबार बसेको बैठकलाई यसबारे सरकारलाई २३ बुँदे निर्देशन दिएको छ ।

ती स्थानहरूमा स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सुरुवा तथा पदस्थापन गर्न पनि आयोगको निर्देशन छ ।

निर्वाचन सम्पन्न नभएसम्मका लागि चैत १५ अगावै सरुवा तथा पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न ननभएसम्म अन्यत्र काजजमा खटाउन र सरुवा नर्गन पनि आयोगले निर्र्देश गरेको छ ।

त्यस्तै हाल स्थानिय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सुरुवा र पदस्थापनासँगै प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीहरुलाई १५ चैत अघि नै पदस्थापन र सरुवा गर्ने सुझाव छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।