दुई पटक संसदबाट ‘फरार’ अर्थमन्त्री शर्माले अन्तत: अघि बढाए एमसीसीमाथिको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्।

यसअघि दुई पटकसम्म बसेको संसद बैठकमा एमसीसीमाथिको छलफल प्रस्ताव छलेका अर्थमन्त्री जनार्दन शर्मा आइतवारको संसद बैठकमा सहभागी भएका हुन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए। त्यस्तै १२ गते को कार्यसूचीलाई लत्याउँदै उनी पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्ट पुगेका थिए।

फागुन १२ गते उनी रिसोर्टको स्काइ क्याफेमा देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। एमसीसीको विपक्षमा सत्तारुढ गठबन्धन नै उभिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक स्थगित गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।