भद्रकाली–माइतीघर–बानेश्वर–तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारीसाधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारीसाधनलाई विभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारीसाधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ ।  भद्रकाली-सिंहदरबार-माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारीसाधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने  ठुला तथा तिनपाङग्रे सवारीसाधनलाई  पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।