काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
पूर्वसचिव भीम उपाध्यायलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी प्रहरी हिरासतमा थिए ।
उपाध्यायको पक्राउपछि सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको थियो ।
Comment