प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा परेन एमसिसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको फागुन ६ गते बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। 

सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन। 

सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।