प्रधानन्यायाधीशमाथिको महाअभियोग स्वाभाविक : डा. शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका  नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव स्वाभाविक भएको बताएका छन् ।

सोमबार विराटनगरमा नोना कोइराला स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कोइरालाले राणाले न्यायालयमा विवाद बढाएकोले महाअभियोग प्रस्ताव दर्ता हुनुलाई अस्वाभाविक रूपमा लिन नहुने बताए । 

उनले न्यायालयमा निरन्तर विवाद देखिंदा पनि राणाले निकासको कुनै पहल नगरेको समेत  बताए । समस्या समाधानको लागि आफूहरुले सुझाव दिए पनि नमानेकोले महाअभियोगमै जानुपरेको उनले प्रष्ट्याए ।

नेता कोइरालाले प्रधानन्यायाधीशमात्रै नभएर प्रधानमन्नी, सभामुखसहितका जिम्मेवार पदमा बस्ने पनि उत्तिकै जवाफदेही हुनुपर्ने बताएका छन् । लोकतन्त्रलाई बलियो बनाउन विधिसम्मत चल्नुपर्ने उनले बताए । महाअभियो पारित गर्न चाहिने मतका विषयमा पनि कोइरालाले खुलेर प्रतिक्रिया दिएनन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसयता प्रधानमन्त्री एवं पार्टी सभापति देउवाका हरेक कदममा आलोचनात्मक टिप्पणी गर्दै आएका कोइरालाले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगमा भने देउवालाई साथ दिएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।