महाभियोगबारे छलफल गर्न कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ । 

एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।