प्रतिनिधिसभा बैठक फागुन २ मा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रतिनिधिसभाको बैठक फागुन २ गते  बस्ने भएको छ । बुधबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थागित भएपछि संसद सचिवालयले फागुन २ गते दिउँसो १ बजेका लागि संसद बैठक बोलाएको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार साँझ सूचना जारी गर्दै विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको र अर्को बैठक फागुन २ गतेका लागि तय भएको उल्लेख गरेका छन्।

मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।