स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकैचरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा एकै चरणमा गर्ने निर्णय गरेको छ ।  

मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।

निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै लाग्ने भएपछि बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।

५ जेठमा स्थानीय तहको अवधि सकिँदै छ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।