काठमाडौं उपत्यकाका लागि आजदेखि प्रशासनको नयाँ आदेश : के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले cfh सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन्।

आइतबार बसेको तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले नयाँ आदेश जारी गरेको हो। जसमा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।

आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कामहरु गर्न नपाइने उल्लेख छ ।

सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन । चालक, सहचालक र सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ।

विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी आउँदो फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ ।

तर, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।