शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूको ३० प्रतिशत हकप्रद सेयरपछि कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि सेयर मूल्य प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।