नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले गर्यो कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रूपियाँ जरीवाना गरेको छ । सुशासनसम्बन्धि निर्देशनको उल्लङ्घन गरेको भन्दै समितिले कारवाही गरेको हो । 

वैदेशिक रोजगार म्यादीसँग सम्बन्धित निर्देशनमा गडबडी गरेका कारण समितिले प्राईम लाइफलाई कारबाही गरेको बताइएको छ । बीमा समितिले केही दिनअघि प्राइम लाइफमा स्थलगत निरीक्षण गरेको थियो । सोही निरीक्षणमा कम्पनीले सुशासन नाघेको भन्दै कारबाही गरेको हो । 

तलब भत्ता नै निर्धारण नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको र बीमितको हित विपरित नक्कली बीमालेख जारी गरेको समितिले प्रमाण फेला पारेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।