काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन सारिएको छ।
आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ २६ गते तोकेका हुन्।
मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख सापकोटाले बैठक सारेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन्।
Comment