एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । 

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।