उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन्।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउन लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् । 

वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए। त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो।

पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन्। उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।