टेकु अस्पतालमा खोप अभियान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको जनाएको हो ।

सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ ।

‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड– १९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जनाभन्दा बढी कोभिड – १९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड–१९ विरुद्धको नियमित खोप कार्यक्रममा ०७८ माघ १० देखि ०७८। १०।१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।