काठमाडौं । पार्किन्सन रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छिन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार स्वास्थ्य प्रतिकूलताका कारण तीन दिनदेखि अस्पतालको सघन उपचार कक्षमा उपचार जारी छ ।
प्रचण्डकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत तीन दिनदेखि अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवश्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्नेछ ।’
Comment