काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तह (स्थानीय, प्रदेश र केन्द्र) को निर्वाचन गर्नुपर्ने दायित्त्वमा सरकार सचेत रहेको बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निर्वाचनको संवैधानिक दायित्वबाट सरकार पछाडि नहट्ने बताए ।
‘एक वर्षभित्र निर्वाचन गर्नुपर्ने सरकारको दायित्त्व रहेको छ । निर्वाचनको पूर्वतयारीका लागि म अनुरोध गर्दछ,’ उनले भने । प्रमुख प्रतिपक्षी दलले सरकारले संसद् र स्थानीय तहको निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा प्रधानमन्त्री देउवाले संविधान बमोजिमनै निर्वाचन हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यसैगरी प्रधानमन्त्री देउवाले किसालनलाई मल, बिउ र विद्यालय तहका विद्यार्थीलाई निःशुल्क पुस्तक वितणको व्यवस्था मिलाएको बताए । किसानले मल बिउको समस्याले गुज्रिरहेको र कृषि मन्त्रीले मल दिन नसक्ने जानकारी गराएलगत्तै प्रधानमन्त्रीले समयमै वितरणको व्यवस्था मिलाएको बताए ।
प्रधानमन्त्री देउवाले जनस्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षिन हुन अनुरोध गरे । सरकार गठनको ६ महिना पुगेको अवसरमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुरक्षा मापदण्डको इमानदार रूपमा पालना गर्न अनुरोध गरे । उनले भने, ‘जनस्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित बनेर कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न अनुरोध गर्दछु ।’
हेर्नुहाेस् सम्बाेधनकाे पूर्णपाठ
Comment