काठमाडौं । पछिल्लो २४ घण्टामा २३०९२ जनाको नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ७६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणकै कारण ३ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ६५३७४ पुगेको छ ।
देशभर विगत २४ घण्टामा तीन लाख ७ हजार ४०१ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
Comment