काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको ‘मायाको लिला’ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मायाको लिला’ नामको गीत हालै बजारमा आएको हो। 

मिलन फिल्मसले उत्पादन गरेको यस गीतमा स्वर विनोद नेपाल र रिता अधिकारी हुमागाईंको रहेको छ । शब्द र लय विनोद नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ । 

गीतको म्युजिक भिडियोमा कलाकारहरु मकुन्द थापा, विनोद नेपाल, रिता अधिकारी हुमागाईं, आरएन कार्की, केदार न्यौपाने र अनिता पौडेलको अभिनय देख्न पाइन्छ। 

गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायाँकन सन्तोष तिमल्सिनाले गरेका छन् । श्रृंगार अञ्जना लामिछाने र सम्पादन रोशन धितालले गरेको गीत मायाप्रेममा आधारित छ।

गीत यस्तो छः 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।