आयल निगमको सञ्चिति बचत शून्य, मूल्य समायोजन नभए ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल आयल निगमको घाटा ६ महिनामा १९ अर्ब २६ करोड पुगेको छ ।

सोमबार एक विज्ञप्तिमार्फत निगमले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा अनुमानित घाटा १९ अर्ब २६ करोड पुगेको जनाएको हो ।

१९ अर्ब २६ करोड आगामी १५ दिनमा निगमले थप दुई अर्ब २४ करोड घाटा हुने माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको हो ।

निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।

यसैगरी हवाई इन्धनबाट पनि प्रति लिटर १४.७३ औसत नाफा नाफा भइरहेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा भने प्रति सिलिन्डर ६४६.१६ रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ ।

सञ्चिति बचत शून्यमा पुगेको जनाएको छ । इण्डियन आयललाई जनवरी २२ सम्म गर्नुपर्ने भुक्तानीको लागि २ अर्ब अपुग हुने निगमले जनाएको छ ।

निगमले इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा अबको ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने विज्ञप्तिमा जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।