हरिवनमा निर्माणाधीन भवन चर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११ मा निर्माणाधीन भवन चर्किएको छ । नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो । 

नगर विकास कोषको १६ करोड ८६ लाखमा उक्त भवन बन्न लागेको हो । आर्थिक वर्ष २०७५/७६ देखि उक्त भवन निर्माण थालिएको हो ।

आव २०७७/७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता थियो । ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी राजकुमार उप्रेतीले बताए ।

बिकोइ-धुलिखेन निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको हो । नगरपालिकाले भवन निर्माणको निरन्तर अनुमगन गरिरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।