सहरी विकासमन्त्री झाँक्रीले १०० दिनको प्रगति सार्वजनिक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालि सकेपछिका एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन्। मन्त्री झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन्।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने जनाएकी छन्।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए। २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।