प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य नेता कार्यकर्ताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा बसेका थिए । 

पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्ड लगायतका नेताहरुलाई कोरोना भएपछि शनिबारदेखि प्रधानमन्त्री पनि आइसोलेसनमा बसेर कोरोना परीक्षण गरेका थिए । 

प्रधानमन्त्रीलाई कोरोना नेगेटिभ आएका कारण उनी सरकार सञ्चालनको नियमित काममा फर्किनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।