हुम्लामा यसवर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गएरातिदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ।

एक फिटसम्म जमेको हिउँले गर्दा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए ।

उनले भने ‘यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।’ अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।