नेप्सेको सीईओ नियुक्ति प्रक्रिया: पाँच जना परे छनोटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को नियुक्ती प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सीईओको लागि पाँच जना छनोटमा परेका छन् । छनोट परेका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई चार वर्षका लागि सीईओ नियुक्ती गर्ने छ।

गत भदौ महीनादेखि बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।