कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ गरी ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार ४८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ४३१रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।