काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएको छैन । हालसम्म देशभर कोरोनाबाट ११ हजार ६०१ जनाको निधन भएको छ ।
बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ६ हजार ७१५ पीसीआर तथा ३ हजार ५५२ एन्टिजेन परीक्षण भएको छ ।
Comment