पहिरोले स्याफ्रुबेसी रसुवागढी सडकखण्ड अवरुद्ध, रोकिए मालवाहक कन्टेनर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा ।  सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका-३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट मंगलबार आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि मालवाहक कन्टेनर बाटोमा नै रोकिएका छन्। 

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए। यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए। पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।