भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५३ जना संक्रमितको ज्यान गएको छ। भारतमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो ।

तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ५ सय ४१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए भने ५३ जनाको मृत्यु भएको थियो।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या २० हजार ८० पुगेको छ भने ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।